आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

६ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ११ हजार ४०३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ५११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र एक हजार ८९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २०१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ३ हजार ३६९ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ४५ रहेको छ । जसमा ६ हजार ७१५ जना होम आइसोलेसनमा छन् भने ३३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११० संक्रमित आईसीयूमा र ३८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २१ हजार ९४९ र एन्टिजेन विधिबाट ९५ हजार ५४६ जना पुगेको छ ।

सम्बन्धित समाचार