जनदवाव दिन सकिएन भने भारतले नेपाल निल्छ : राम नेपाली, अध्यक्ष, उन्नत समाज निर्माण नेपाल अभियान

पछिल्लो समय नेपालमा विभिन्न राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयमा केन्द्रित रहेर अभियान सञ्चालन गर्ने क्रम बढ्दो छ । कतिपय अभियान्ताहरूले राष्ट्रियता र सीमा रक्षाका बारेमा पनि आवाज उठाउने गरेका छन् । हालै गठन भएको उन्नत समाज निर्माण नेपाल नामक अभियानले स्थापनाको छोटै समयमा राष्ट्रियता र सीमा रक्षाका सम्बन्धमा विभिन्न कार्यक्रम सम्पन्न गरी सरकारलाई दवाव दिने काम गरेको छ ।

अभियानका अध्यक्ष राम नेपालीले देशका नेताहरू सबै कतै न कतैबाट परिचालित भएकोले देशको राष्ट्रियता, सीमा रक्षा र सार्वभौम रक्षाको लागि उन्नत समाज निर्माण नेपाल गठन गरिएको बताए । उनले जयसिंह धामी प्रकरणमा भारतीय एसएसबीले गरेको ज्यादती र नेपाल सरकारको निरिहताले नेपालीको शिर झुकेको बताए



भारतीय ज्यादतीको कारण सीमा क्षेत्रमा अन्यायमा परेका र जयसिंह धामीजस्तालाई न्याय दिलाउन सरकारलाई दवाव दिन आवश्यक रहेको नेपालीले बताए । साथै नयाँ नक्शाअनुसार भारतबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन पनि सरकारलाई अभियन्ताहरूले दवाव दिनुपर्ने उनी बताउँछन् । नेपालका नेतालाई विभिन्न प्रलोभनमा पारेर भारतले नेपाली भूमि अतिक्रमण गर्ने गरेकोले हरेक सचेत नेपाली जागरुक भएर राष्ट्रको सीमा रक्षा गर्नुपर्ने नेपालीको बुझाइ छ ।

साथै, निर्वाचनको लहर सुरु हुन लागेकोले उन्नत समाज निर्माण नेपाल अभियानको गाउँ गाउँ पुगेर नागरिकलाई सचेत गराउने योजना रहेको पनि अध्यक्ष नेपालीले जानकारी गराए । यस्तै नेताहरूलाई जिताएर पठाएमा फेरि पनि भ्रष्टाचार बढ्नेबाहेक कुनै विकास निर्माणका काम नहुने भएकोले नागरिकलाई नै सचेत बनाउनुको विकल्प नभएको उनको बुझाइ छ । प्रस्तुत छ यस्तै विषयहरूमा केन्द्रित भएर उन्नत समाज निर्माण नेपाल अभियानका अध्यक्ष राम नेपालीसँग नवकान्तिपुर डट कमको लागि गरिएको कुराकानीः

सम्बन्धित समाचार