माओवादी केन्द्रको स्थायी समिति जारी, यस्ता छन् बैठकका एजेण्डा

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । आज बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो।

बैठकमा आगामी पुस ११ गतेदेखि १३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा छलफल भइरहेको एक नेताले बताए।



यसअघि हिजो पनि पार्टीको बैठक बसेको थियो। हिजोको बैठकले राष्ट्रिय सम्मेलनका सम्बन्धमा विभिन्न निर्णय गरेको थियो।

सम्बन्धित समाचार