सोह्रखुट्टेमा भीषण आगलागी, ६ दमकल खटाइयो

काठमाडौंको सोह्रखुट्टेको नयाँ बजारस्थित एक गार्मेन्टमा आगलागी भएको छ । आज (शुक्रबार) दिउँसो एक ब्ल्याङ्केटको गोदाममा आगलागी भएको हो । आगलागी नियन्त्रणको लागि ६ दमकल खटाइएको छ ।

तर आगलागी अझै नियन्त्रणमा आएको छैन । आगलागी नियन्त्रणको लागि काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका दमकल आगो निभाउन प्रयासरत छन् । दमकलले आगो नियन्त्रणमा लिन नसकेपछि अहिले ट्याङ्करबाट पानी बोकेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।



प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी सहायक निरीक्षक तर्क बिकले अहिले आगो निभाउने काम भइरहेको बताए । वस्तीको बीचमा आगलागी भएकाले आगोलाई फैलिन नदिने गरी नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार