नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।

कमल थापाको प्यानलबाट समेत वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार रहेका विक्रम पाण्डेले राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन पक्षमै खुल्ने निर्णय गरेका छन् । उनी चुनावी प्रचार अभियानमा दिनभर लिङ्देनसँगै हिँडेको उपाध्यक्षका उम्मेदवार दिलविकास राजभण्डारीले जानकारी दिए।
राप्रपामा चुनावी प्रक्रिया सुरु हुँदै गर्दा पाण्डेले वक्तव्य नै निकालेर लिङ्देनलाई समर्थन गरेको घोषणा गर्ने भएका छन्।
‘उहाँ आज दिनभर अध्यक्ष राजेन्द्र लिङ्देनसँगै चुनावी प्रचारमा हिँड्नुभयो,’ राजभण्डारीले भने, ‘उहाँले यता समर्थन गरेको वक्तव्य निकाल्ने तयारी गर्नुभएको छ।’
राप्रपामा भोलि मतदान हुने भएको छ ।

