नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। जारी महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानबाट अर्का प्रत्यासी कमल थापालाई पराजित गर्दै उनी अध्यक्ष बनेको मतगणनास्थलमा रहेका नेता मोहन श्रेष्ठले बताए।
मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ। राप्रपा अध्यक्षका लागि कूल ३ हजार ८७३ मत खसेको थियो।
कुल खसेको मतमध्ये विजयी लिङ्देनले १८ सय १७ मत पाएका थिए भने पराजित कमल थापाले १६१७ मत पाए । ४३१ मत बदर भएको थियो। अन्य पदको मतपरिणम सार्वजनिक हुन बाँकी नै छ ।

