रेखा थापालाई पराजित गर्दै कुन्ती शाही राप्रपा महामन्त्रीमा निर्वाचित

राप्रपाको महिला महामन्त्रीमा कुन्ती कुमारी शाही विजयी भएकी छन्। कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएकी हुन्। अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन्।

शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन्।



राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । थापालाई हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले विजयी लिङ्देनले १८४४ मत र पराजित थापाले १६१७ मत ल्याएको जानकारी दिए ।

सम्बन्धित समाचार