कांग्रेस कर्णालीको सभापतिमा संस्थापन पक्षका शाही विजयी

नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा संस्थापन पक्षका ललितजङ्ग शाही निर्वाचित भएका छन् । हिजो भएको चुनावबाट शाही सभापतिमा निर्वाचित भएका हुन् । उनले ४ सय २२ मत ल्याएका छन् ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भुपेन्द्रजङ्ग शाहीले ३ सय १७ मत ल्याए भने नेता विमलेन्द्र निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत मात्र ल्याए ।



चुनावमा जम्मा ७ सय ५४ मत खसेको थियो । निर्वाचन समितिका अनुसार अरू पदाधिकारी र सदस्यहरुको मतगणना भइरहेको छ ।

सम्बन्धित समाचार