नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले रक्सी चढाएर पुलको शिलान्यास गरेका छन्। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ र ४ नम्वर वडा जोड्ने मरिण खोलाको आरसीसी पुल मुख्यमन्त्री पाण्डेले बोतलमा ल्याएको निगार रक्सी सगुन चढाएर पुलको शिलान्यास गरेका हुन्।
पुल शिलान्यास कार्यक्रम पुजारी लामा भएकोले उनले सगुन स्वरुप रक्सी चढाएर पुलको शिलान्यास गरेको जनाइएको छ। लामा पुजारीको आग्रहमा पाण्डेले रक्सी चढाएर पुलको शिलान्यास गरेका हुन्।
बागमती प्रदेश सरकारको १९ करोड २४ लाख ४१ हजार ८ सय १७ रुपैयाँ ६३ पैसामा निर्माण सुरु भएको उक्त पुल निर्माणको जिम्मा हिम्दुंग र थोकर इम्मानुयल सारस जेभीले पाएको छ।

