नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई बधाई दिएकी छिन् ।आज(आइतबार) एक ट्विट गर्दै पूर्व युवराज्ञी हिमानीले लिङ्देनलाई बधाई दिएकी हुन् ।
उनले लिङ्देन अवसरबाद, नाताबाद, कृपाबादको अन्त्य गर्न सफल भएको भन्दै बधाई तथा शुभकामना दिएको ट्विटरमा उल्लेख छ । त्यस्तै हिमानीले लिङ्देनलाई राष्ट्रबादी नेता भन्दै मुलुकले आज सच्चा नेता पाउन सफल भएको टिप्पणी गरेकी छिन् ।
हिमानीले ट्विटरमा लेखेकी छन्, ‘अवसरबाद, नाताबाद, कृपाबाद को अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रबादी नेता राजेन्द्र लिङ्देन लाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभकामना !!! राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ !!!’
हिमानीको ट्विट :

