नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ७४७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार ९९५ जनाको पीसीआर परीक्षण गर्दा २०० जना र दुई हजार ७५२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४३६जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ४ हजार ५४४ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ । जसमा ६ हजार १६३ जना होम आइसोलेसनमा छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १०७ संक्रमित आईसीयूमा र २८ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २२ हजार ५९२ र एन्टिजेन विधिबाट ९५ हजार ५९२ जना पुगेको छ ।