नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

नेपाली काँग्रेस बागमतीको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापति पदको ४०० मत गन्दा जगदीश्वर नरसिंह केसी अगाडि छन् । उनले २१६ मत पाउँदा इन्द्र बानियाँले १८३ मत पाएका छन् । यस्तै २ मत बदर भएको छ ।
यसअघि शनिबार भएको त्रिपक्षीय भिडन्तमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि केसी र बानियाँ बीचबाट सभापति चयन गर्न आइतबार पुनः मतदान भएको थियो ।
यता लुम्बिनी प्रदेश र प्रदेश १ मा पौडेल समूहले अग्रता लिएको छ । लुम्बिनीमा ६१५ मत गणना हुँदा सभापतिमा अमरसिंह पुन मगरले ३४४ र अर्का सभापतिका उम्मेदवार भरत कुमार शाह २१६ मत पाएका छन् । यो प्रदेशमा करिब ११ सय मत खसेको छ । यी दुई उम्मेदवारबीच मतान्तर १२८ को रहेको छ ।

