कांग्रेस बागमतीको सभापतिमा संस्थापन पक्षका इन्द्र बानियाँ विजयी

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

आइतबार अबेर सम्पन्न मतगणनामा बानियाँ १०८५ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी जगदीश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे।



कूल २०२५ मत खसेकोमा १५८ मतान्तरसहित बानियाँ सभापतिमा निर्वाचित भएका हुन्।

सम्बन्धित समाचार