नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।

नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् । रोल्पाका पुनले प्रतिष्पर्धा भरत कुमार शाहलाई ८५ मत अन्तरले पराजित गरेको निर्वाचन समितिका जीवनारायण अधिकारीले जानकारी दिए ।
पुनले ८५२ र शाहले ७६७ मत मात्र ल्याउन सके । पुन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् । भने, शाह कांग्रेस सभापति शेरबहादुर देउवा समूहका नेता हुन् ।
प्रदेशका धेरै पदमा पुन प्यानलका उम्मेदवारहरु विजयी भएका छन् ।

