प्रदेश १ कांग्रेस अधिवेशन : २ भोटले हारे पौडेल पक्षका गुरूराज

नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तरगत प्रदेश १ कार्यसमिति सभापतिमा उद्धव थापा विजयी भएका हुन् । उनले अध्यक्षका अर्का उम्मेदवार गुरूराज घिमिरेलाई २ भोटले पछि पारेका हुन् ।

मतगणना शुरू भएदेखि नै अग्रता कायम राख्दै गएका घिमिरे अन्तिम समयमा आएर २ भोटले चिप्लिए ।



नेविसंघको पूर्वअध्यक्ष समेत रहेका घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् भने सभापतिमा विजयी बनेका थापाले ८ सय ४४ मत पाएका छन् ।

सम्बन्धित समाचार