विदेश जान लागेकी ज्याकलिन प्रहरी हिरासतमा

कार्यक्रमको लागि विदेश जान लागेकी बलिउड नायिका ज्याकलिन फर्नान्डेजलाई मुम्बई विमानस्थलमा हिरासतमा लिइएको छ। ज्याकलिनविरुद्ध भारतको प्रवर्तन निर्देशनालय इडिले ‘लुक आउट’ सूचना जारी गर्दै उनलाई देश छोड्न रोक लगाएको हो।

विदेश जानुअगाडि फर्नान्डेजलाई इडि शाखामा अनिवार्य उपस्थित हुन जानकारी दिइएको छ। इडिले उनको बारेमा चाँडै नै अर्को सूचना निकाल्ने बताएको छ। प्रहरीले सोधपुछपछि उनलाई विदेश जानको लागि अनुमति दिएको थियो।



ज्याकलिनविरुद्ध आएको लुक आउट सूचना सम्पत्ति शुद्धीकरणसम्बन्धी हो। उनीसँग केही महिना अगाडि पनि यही विषयमा सोधपुछ गरिएको थियो। दुई सय करोड भारतीय रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा सुकेश चन्द्रशेखर र अन्यको विरुद्धमा इडिले चार्जशिट दाखिल गरेको छ।

सम्बन्धित समाचार