प्रदेश १ मा घिमिरेद्वारा पुनः मत गणनाको माग

नेपाली कांग्रेस १४ औ महाधिवेशन अन्तर्गत प्रदेश १ निर्वाचनमा सभापति पदमा पराजित गुरुराज घिमिरेले पुनः मतगणना गर्न माग गरेका छन् । घिमिरेले मतगणनामा धाँधलीको शंका गर्दै पुनः मतगणना गर्न माग गरेका हुन् ।

घिमिरे सभापति पदको निर्वाचनमा २ मतले पराजित पराजित भएका थिए । प्रदेश १ को कार्यसमिति सभापतिमा उद्धव थापा विजयी भएका थिए । उनले घिमिरेलाई २ भोटले पछि पारेका हुन् । थापा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकटका उम्मेदवार हुन् । नेता घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिएका छन् ।



मतगणना शुरू भएदेखि नै अग्रता कायम राख्दै गएका घिमिरे अन्तिम समयमा २ भोटले पराजित भएका थिए । नेविसंघको पूर्वअध्यक्ष समेत रहेका घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका छन् भने सभापतिमा विजयी बनेका थापाले ८ सय ४४ मत पाएका छन् । घिमिरे संस्थापन देउवा–सिटौला प्यानलका उम्मेदवार हुन् ।

 

सम्बन्धित समाचार