नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।

नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेश अधिवेशनको परिणाम समिक्षा र अबको रणनीतिबारे छलपल गर्न इतरपक्षका शीर्ष ४ नेता छलफलमा जुटेका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहराटारमा सुरु भएको बैठकमा महामन्त्री डा शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डाशेखर कोइराला सहभागी छन् ।
चारै जना नेताले १४ औं महाधिवेशनमा सभापतिमा दाबी गरिरहेका छन् । आजको बैठकमा साझा उम्मेदवार चयन लगायतका विषयमा छलफल हुने बताइएको छ । महाधिवेशन आउन एक साता पनि समय नरहेको अवस्थामा पनि साझा उम्मेद्वार तय गर्न नसकेको भन्दै पौडेल पक्षको आलोचना हुने गरेको छ ।

