पाण्डेले लिए सिभिल बैंकको अध्यक्षको शपथ

सिभिल बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रतापजङ्ग पाण्डेलाई २०७८ मंसिर २० गते सोमबारका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको शपथ गराएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा बोल्दै अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरूको पालना गर्दै संस्थागत सु–शासनलाई पहिलो प्राथमिकतामा राखी कार्य गर्ने प्रतवद्घता व्यक्त गरे ।



बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरूमा अझ सशक्त रूपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरू प्रारम्भ भैसकेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा राखे ।

अध्यक्ष पाण्डेले बैंकका सबै सरोकारवालाहरूको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको समेत जानकारी गराए ।

 

सम्बन्धित समाचार