नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना मंगलबार सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकको चाहना तथा अभिकर्ताहरूको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरू ल्याउने क्रममम उक्त योजना प्रस्तुत गरेको हो । यस जीवन बीमा योजना मुनाफामा सरिक हुने सर्वाधिक जीवन बीमा भएको कम्पनीबाट प्राप्त विज्ञप्तिमा उल्लेख छ ।
यस बीमा योजनाको मुख्य आकर्षण भनेको बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानि प्राप्त गर्न सक्नु हो ।
यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन् । यस योजना अन्तर्गत ५ वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा पनि लिन सक्नेछन् । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम पचास लाखसम्मको घातक रोग उपचार खर्च योजनामा समेत सामेल हुन सकिने कम्पनीले जनाएको छ ।
यस बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । पचास हजारदेखि एक करोडसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिने पनि विज्ञप्तिमा उल्लेख छ । विकासोउन्मुख देश र भौगोलिक बनावटका कारणबाट नेपालको जीवन यापनमा जोखिम रहेको पाइन्छ । विकासको गति बढेसँगै ठूला ठूला परियोजनाहरू, हाइड्रोपावरहरू, भवन निर्माण लगायतका निर्माण कार्य तिव्र गतिमा अघि बढेका छन् ।
यस्तो विकास निर्माणका काममा जोखिम बढी रहेको हुन्छ । साथै अन्य जोखिमयुक्त पेशाहरू जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरूलाई लक्षित गरेर नेपाल लाइफ समुन्नत जीवन योजना ल्याइएको हो । यसरी बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले नेपाल लाइफ समुन्नत जीवन बीमा योजना ल्याइएको उल्लेख छ ।