मृत अवस्थामा ७ जना फेला

काठमाडौंसहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, कीर्तिपुर नगरपालिका-९ नःगाउँस्थित सडकमा कीर्तिपुर बस्ने मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-२ घर भएका ४६ वर्षीय रामकृष्ण बल सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै दाङ, तुलसीपुर उपमहानगरपालिका-७ जितपुर बस्ने ५० वर्षीय यज्ञ मुर्ती आचार्य घरदेखि करिब २ किलोमिटर टाढा खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् । बिहान बजार जान्छु भनि घरबाट हिँडेका उनको शव उक्त स्थानमा फेला परेको हो । त्यसैगरी काभ्रे, पनौती नगरपालिका-१० बुटापोल खोपासी बस्ने ५८ वर्षीय केशव दाहाल बेथानचोक गाउँपालिका-५ बालुवा सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।



मंसिर १० गतेबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो । यस्तै महोत्तरी, एकडारा गाउँपालिका-५ बडेडा बजारस्थित पोखरीमा जलेश्वर नगरपालिका- ७ अंकार बस्ने ४२ वर्षीय राम श्रेष्ठ यादव सोमबार मृत अवस्थामा फेला परेका छन् । यता पाँचथर, फिदिम नगरपालिका-१ शनिबारेस्थित बिश्वकर्मा मन्दिरको पेटीमा सोही नगरपालिका माथिल्लो गाउँ बस्ने ४० वर्षीय रबिन लिम्बु सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौ महानगरपालिका-७ रातोपुल नजिक धोबीखोलामा काठमाडौं रातोपुल बस्ने भक्तपुर चाँगुनारायण नगरपालिका-६ घर भएका २६ वर्षीय बिशाल कार्की र काठमाडौं, तारकेश्वर नगरपालिका-८ शेषमती गौरीगाउँ बस्ने नुवाकोट बिदुर नगरपालिका-१० घर भएका ३२ वर्षीय संजय घिमिरे आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार