रियल मड्रिड र म्यानचेस्टर सिटी समूह विजेता बन्दै नकआउट चरणमा

एट्लेटिको मड्रिड पनि अन्तिम १६ मा

च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २-० ले पराजित गरेको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा खेलको १७ औं मिनेटमा टोनी क्रुसले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा थप १ गोल गर्यो । खेलको ७९ औं मिनेटमा मार्को एसेन्सियोले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए । त्यसअघि खेलको ६४ औं मिनेटमा बरेलाले रातो कार्ड पाएपछि इन्टर १० खेलाडीमा समेटिएको थियो ।



रियल मड्रिड

जितसँगै रियल ६ खेलमा १५ अंक जोड्दै समूह ‘डी’ को विजेता बन्दै बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने ६ खेलमा १० अंक जोडेको इन्टर पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

त्यस्तै च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति नै भएको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड विजयी हुँदै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३-१ गोल अन्तरले हराउँदै एट्लेटिको अन्तिम १६ मा पुगेको हो । जितसँगै एट्लेटिको ६ खेलमा ७ अंक जोड्दै समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो भने ५ अंक जोडेको पोर्टो भने तेस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्न असफल रह्यो ।

एट्लेटिको मड्रिड

त्यसैगरी इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब आरबी लाइपजिगसँग २-१ ले पराजित भएको छ । पराजित भएपनि सिटी ६ खेलमा १२ अंक जोड्दै समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ मा पुगेको छ भने ७ अंक जोडेको लाइपजिग तेस्रो स्थानमा रह्यो ।

म्यानचेस्टर सिटी

 

 

 

 

सम्बन्धित समाचार