नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ मंसिर ।

नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
१४औं महाधिवेशनको अन्तिम तयारीमा रहेको नेपाली कांग्रेसले मंगलबार चार हजार ३१९ प्रतिनिधि छनोट गरेको हो । भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको कांग्रेसले मंसिर २० सम्म प्रदेश २ बाहेक प्रदेश अधिवेशन पनि सम्पन्न गरिसकेको छ । यो सूचीमा महोत्तरी क्षेत्र नम्बर ३ र सर्लाहीका चार वटा क्षेत्रको नामावली भने समावेश छैन ।
नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धमाधम उम्मेदवारी घोषणा भइरहेको छ । महाधिवेशन प्रतिनिधिको आधिकारिक सूची भने केन्द्रीय निर्वाचन समितिले मंसिर २४ गते सार्वजनिक गरिने जनाएको छ ।
कांग्रेस महाधिवेशन प्रतिनिधिको सूचि हेर्न यो लिंक खोल्नुहोला : महाधिवेशन-प्रतिनिधि

