देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र प्रचण्डबीच बुधबार भेटवार्ता भएको हो।

आसन्न राष्ट्रिय सभा निर्वाचनसहित समसामयिक विषयमा छलफल भएको छ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलाई सिंहदरबारमा भेटेर प्रचण्ड बालुवाटार पुगेका थिए ।



साथै देउवासँगको भेटमा प्रचण्डले महाधिवेशनको तयारीका बारेमा पनि छलफल गरेको बताइन्छ ।

सम्बन्धित समाचार