नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज विहान साढे ११ बजे बस्नेगरी केन्द्रीय कार्यसमितिको बैठक बोलाए पनि बैठक भने भर्खर सुरु भएको हो ।
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल नेता प्रकाशमान सिंह अनुपस्थित रहेका छन् । सो बैठकमा आफू सहभागी नहुने पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराएको एक नेताले बताए । बैठकबाट महाधिवेशन तयारीका लागि आवश्यक निर्णयहरु लिइने जनाइएको छ ।
यस्तै बैठकमा खुलातर्फ दुईजना सहमहामन्त्री थप्ने तयारी छ । सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच थप्ने विषयमा सहमति भइसकेको कांग्रेस स्रोतको भनाइ छ । तर, वरिष्ठ नेता रामचन्द्र पौडेल भने यतिबेला सहमहामन्त्री थप्ने पक्षमा छैनन् । देउवा र कोइराला निकट नेताहरुले भने सहमहामन्त्री थप्न दबाब दिरहेका छन् । आजको बैठकमा उक्त प्रस्ताव ल्याउने सम्भावना रहेको छ ।
कांग्रेसमा अहिले एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट हुने व्यवस्था छ । अब खुलाबाट थप दुई जना सहमहामन्त्री थप्ने तयारी छ । कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। आजको बैठक वर्तमान कांग्रेस केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ ।

