आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

२ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ४५१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र एक हजार ४३३ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३२९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ५ हजार ९०० जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार १०५ रहेको छ । जसमा ५ हजार ८३३ जना होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १२१ संक्रमित आईसीयूमा र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २३ हजार ५५४ र एन्टिजेन विधिबाट ९५ हजार ७०१ जना पुगेको छ ।

सम्बन्धित समाचार