नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।
नेपाल राष्ट्र बैंकले ८३ जना कर्मचारी माग गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैंकले कर्मचारी माग गरेको हो ।
बैंकले सहायक निर्देशक(अधिकृत तृतीय) प्रशासनतर्फ ४५ जना, लेखा तथा लेखा परीक्षण ६, वाणिज्य कानुन दुई, सूचना प्रविधि ५ र सहायकमा २५ जना गरी ८३ जना कर्मचारी मागेको हो । इच्छुक व्यक्तिले आफ्नो योग्यता र नेपाली नागरिकता अनुसार २०७८/०८/२४ तगे देखि २०७८/०९/ १५ सम्म अनलाइनबाट दरखास्त दिन सक्ने बैँकले जनाएको छ ।
त्यस्तै डबल दस्तुर तिरेर २०७८/०९/२२ सम्म अनलाइनबाट दरखास्त दिन सक्ने बैँकले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना :