आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

३ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १० हजार ४८७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ४७२ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र चार हजार १५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ३ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३३७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ६ हजार २३७ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९९७ रहेको छ । जसमा ५ हजार ७२० जना होम आइसोलेसनमा छन् भने २७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११५ संक्रमित आईसीयूमा र ३१ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २३ हजार ७८६ र एन्टिजेन विधिबाट ९५ हजार ७२८ जना पुगेको छ ।

सम्बन्धित समाचार