उम्मेदवारी दर्ता गर्दै प्रकाशमानले भने-‘दोस्रो चरणमा मेरो प्यानलले जित्छ’

कांग्रेस सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले पार्टी शुद्धीकरणका लागि उम्मेदवारी दिएको बताएका छन्। मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पार्टीलाई विधि विधानअनुसार चलाउन आफूले उम्मेदवारी दिएको बताए। उनले दोस्रो चरणमा आफ्नो प्यानलले जित्ने दाबीसमेत गरे।

‘पार्टी विधि र विधानअनुसार चलेन। कांग्रेसलाई बलियो बनाउन मैले उम्मेदवारी दिएको हुँ। दोस्रो चरणमा मेरो प्यानलले जित्छ,’ उनले भने।



त्यस्तै उसभापतिका उम्मेदवार सुजाता कोइरालाले महिला उत्थानका लागि उम्मेदवारी दिएको बताइन्। उनले आफूले कोइराला परिवारको साथ नछोडेको स्पष्ट पारिन्। ‘मैले कोइराला परिवार छाडेको छैन। महिला उत्थानका लागि प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएको हुँ,’ सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्।

सम्बन्धित समाचार