कस्तो रहला आजको मौसम ?

२आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार देशभरको मौसम सफा रहने जानकारी दिएको हो।

महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।



आज दिउँसो प्रदेश १ र गण्डकीको अधिकांश भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ। यसैगरी राति देशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित समाचार