नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् । आज (आइतबार) उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका विश्वकर्माले आफ्नो नाम हटाइदिन आग्रह गर्दै निर्वाचन समितिलाई पत्र लेखेका हुन् । पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज मध्यान्ह १२ बजेसम्म रहेको छ ।
आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ । मतदान सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभागृहमा हुनेछ ।

