नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । आज (आइतबार) उनले निर्वाचन कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूले उम्मेदवारी फिर्ता लिएको बताएका छन् । गोरखा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका न्यौपानेले शनिबार कांग्रेसमा युवाको सहभागिता हुनुपर्छ भन्दै सभापतिमा उम्मेदवारी दिएका थिए । त्यस्तै उनले सभापतिका उम्मेदवार डा शेखर कोइरालालाई समर्थन गर्ने बताएका छन् ।
न्यौपानेले उम्मेदवारी फिर्ता लिएसँगै अब सभापति पदको लागि कल्याणकुमार गुरुङ,, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा हुनेछ ।

