सभापतिमा हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउन सक्छन् : देउवा

नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू जसरी पनि सभापतिमा जित्नु पर्ने बताएका छन् । आज (आइतबार) आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै देउवाले आफूलाई सभापति पदमा विजयी गराउनु भन्दै प्रतिनिधिसँग भोट मागेका छन् । उनले भने, ‘मलाई जसरी पनि सभापतिमा जित्न आवश्यक छ, ‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै पर्छ ।’ ‘पार्टीको चुनाव पनि नजित्नेले देश कसरी चलाउँछन भनेर मलाई प्रश्न गर्छन्’, देउवाले भने ।



सभापतिमा पराजित भएँ आफूलाई सरकारबाट पनि हटाउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे । ‘मलाई जिताइदिनु होला । विगतमा पनि कांग्रेसलाई सबैको पार्टी बनाएर लगिरहेको हो । अब पनि मेरोभन्दा हाम्रो अनि सबैको साझा पार्टी बनाएर लैजानुपर्छ’ देउवाले भने । सभापतिमा ६ जनाले उम्मेदवारी दिएका छन् । सभापतिका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा शेखरप्रसाद कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

सम्बन्धित समाचार