आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

१ जनाको मृत्यु

पछिल्लो चौबीस घण्टामा नेपालमा २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८ हजार ६८२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार २६८ जनाको पीसीआर परीक्षण गर्दा २४२ जना र दुई हजार ४१४ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना पुष्टि भएको हो ।



त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५५४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २३४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ६ हजार ७७८ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ८९० रहेको छ । जसमा ५ हजार ६०१ जना होम आइसोलेसनमा छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११८ संक्रमित आईसीयूमा र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २४ हजार २२२ र एन्टिजेन विधिबाट ९५ हजार ७८२ जना पुगेको छ ।

सम्बन्धित समाचार