यी हुन् एमालेका ४५ सदस्यीय स्थायी कमिटी (सूचीसहित)

नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । आज (आइतबार) भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् । जसमा १९ पदाधिकारीसहित २६ जना समेटेर ओलीले स्थायी कमिटीको प्रस्ताव गरेको एक नेताले जानकारी दिए । ४५ सदस्यीय स्थायी कमिटीमा नेताहरु घनश्याम भुसाल,गुरु बराल, देवराज घिमिरे, भीमप्रसाद आचार्य,लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशिनाथ अधिकारी, रघुजी पन्त प्रस्तावित नाम हुन् ।



त्यस्तै भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की पनि स्थायी कमिटीमा प्रस्ताव भएका छन् ।

 

सम्बन्धित समाचार