नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।

नेकपा एमालेले ७ प्रदेश अध्यक्ष तोकेको छ। आज (आइतबार) भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षहरु प्रस्ताव गरिएको हो ।
जसअनुसार प्रदेश १ को अध्यक्षमा तुलसी न्यौपाने, प्रदेश २ मा रामअवतार यादव, बागमतीमा केशवराज पाण्डे, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा राधाकृष्ण कँडेल, कर्णालीमा विनोदकुमार शाह र सुदूरपश्चिम प्रदेशमा दामोदर भण्डारी प्रस्ताव गरिएको छ ।
त्यस्तै प्रेम पराजुलीलाई उपत्यकाको विशेष अध्यक्षमा प्रस्ताव गरिएको छ ।

