एमालेले तोक्यो सात प्रदेशका इन्चार्ज, कुन प्रदेशमा को ?

नेकपा एमालेले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए । प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन् ।

यस्तै गण्डकीको इन्चार्जमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएका छन् ।



अध्यक्षमा केपी ओलीसँग प्रतिष्पर्धा गरेका भीम रावलले भने कुनै पनि कमिटीमा समावेश गरिएको छैन । केन्द्रीय कमिटी अश्विकार गरेका रावलले सुदुरप्रदेश प्रदेशको इन्चार्जमा आकांक्षा राखेका थिए ।

सम्बन्धित समाचार