मतदानको अघिल्लो दिन महामन्त्रीका उम्मेद्वार गगन थापाले दिए यस्तो प्रतिक्रिया

नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार बनेका गगन थापाले आफ्नो समूहको विजयपछि कांग्रेसलाई बलियो र व्यवस्थित बनाउने बताएका छन्। मतदानको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो समूहलाई मत दिएर पार्टीको सेवा गर्ने अवसर दिन आग्रह गरे।

सभापतिमा उम्मेदवार दिएका शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापाले भने,‘नेपालको सबैभन्दा बलियो, शक्तिशाली, संगठित, जनमुखी पार्टी र सबैभन्दा व्यवस्थित पार्टी पनि, मिनेन्द्र रिजाल र म महामन्त्रीको उम्मेदवार भएका छौं।’



पार्टीभित्र निर्वाचनको बेला समूह बन्ने र सभापति निर्वाचित भएपछि पनि समूहको नेता हुन नछाड्ने प्रवृत्ति रहेको भन्दै थापाले शेखरले त्यसो नगर्ने बताए। उनले कांग्रेसले निर्वाचन एक्लै लड्ने र जित्ने हो भने अहिले भएको मतदातामा करिब-करिब १०-१२ लाख नयाँ मतदाता थप्नुपर्ने बताए।

सम्बन्धित समाचार