रामचन्द्र पौडेल मतदानमा सहभागी नहुने

कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् । नेतृत्व चयनका लागि सोमबार हुने मतदानमा पौडेल सहभागी नहुने उनका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

यस पटक सभापति पदका आकांक्षी रहेका पौडेलले आफ्नै समूहमा सहमति नजुटेपछि प्रतिस्पर्धाबाट अलग हुने निर्णय गरेका थिए। आफ्नै समूहबाट शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि आफू प्रतिस्पर्धाबाट अलग रहेको पौडेलले घोषणा गरेका थिए ।



कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले आज बिहान ८ बजेदेखि मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ ।

सम्बन्धित समाचार