४१७६ मत गणना हुँदा देउवाले बढाए अग्रता, कस्को कति मत ?

नेपाली कांग्रेस १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा देखिएको छ। सभापतिका लागि पाँच जनाको प्रतिस्पर्धामा रहे पनि प्रारम्भिक मतणनामा देउवालाई कोइरालाले पछ्छाइरहेका छन् ।

निर्वाचन समितिका अनुसार हालसम्म ४१७६ मत गणना गर्दा शेरबहादुर देउवाको १९९५ मत आएको छ । त्यस्तै डा शेखर कोइरालाले १५८९ मत पाएका छन । त्यस्तै प्रकाशमान सिंहले ३१५ मत पाएका छन् भने विमलेन्द्र निधिले २३७ मत पाएका छन् । त्यस्तै कल्याण गुरुङले १९ मत पाएका छन् ।



कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।

 

सम्बन्धित समाचार