नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि नेताहरु छलफलमा जुटेका छन् । दोस्रो चरणमा शेरबहादुर देउवा रशेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ ।
दुबैको ध्यान सभापतिको उम्मेदवार रहेका, तर दोस्रो चरणको मतदानबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधितिर हुनेछ । देउवालाई समर्थन गर्न आग्रह गर्न गृहमन्त्री बालकृष्ण खाँण नेता सिंहको निवासमा पुगेका छन् ।
अर्का उम्मेदवार निधिले पनि आफू छलफलमा रहेको बताए । अर्का नेता प्रकाशमान सिंहसँग सल्लाह गरेर एउटा निर्णयमा पुग्ने उनले बताएका छन् । यसअघि उनले कोइरालालाई सघाउने बताउँदै आएका थिए ।

