प्रकाशमानले दिए शेखरलाई यस्तो जवाफ

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । आज (मंगलबार) शेखरले सिंहको निवासमै गएर प्रकाशमानलाई भेटेका हुन् ।

भेटमा दोस्रो चरणको चुनावमा आफूलाई सघाउन कोइरालाले सिंहसँग आग्रह गरेका थिए । जवाफमा सिंहले आफ्नो पक्षका नेताहरूसँग छलफल गरेर निर्णय दिने बताए । यसअघि देउवा पक्षका नेता बालकृष्ण खाँणले पनि सिंहलाई भेटका थिए । त्यस्तै बालकृष्ण खाँणलाई पनि सिंहले यस्तै जवाफ दिएका थिए ।



खाँणले सिंहलाई पनि दोस्रो चरणमा देउवालाई सघाउन आग्रह गरेका थिए । सभापतिका उम्मेदवार प्रकाशमान सिंहले पहिलो चरणको चुनावमा ३७१ मतका साथ तेस्रो स्थान हासिल गरेका छन् ।

सम्बन्धित समाचार