नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण सकिएको छ। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ६ जना मन्त्री थपेका थिए।नवनियुक्त मन्त्रीहरूले आजै शपथग्रहण गरेका छन् ।
नवनियुक्त मन्त्रीहरूमा नेकपा माओवादीबाट रत्न ढकाल युवा तथा खेलकुदमन्त्री, जीवन खड्का वन तथा वातावरणमन्त्री र घनश्याम दाहाल श्रम, रोजगार तथा यातायातमन्त्री गरी ३ जना रहेका छन् ।
यसैगरी नेकपा एकीकृत समाजवादीबाट एक राज्यमन्त्रीसहित ३ जना मन्त्री भएका छन्। एकीकृत समाजवादीबाट बसुन्धरा हुमागाई कृषि तथा पशुपक्षीमन्त्री, वसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र इन्द्रमाया गुरुङ कृषि राज्यमन्त्री नियुक्त भएका छन्।

