काठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै कम

नेपालमा चिसो झन बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकासहितका सहरमा दिउँसो घाम लागे पनि बिहान र राति तापक्रम घट्ने गरेको छ। मुलुकमा हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

पछिल्लो २४ घन्टामा काठमाडौंको तापक्रम ४.२ डिग्रीसेल्सियसमा झरेको छ। यो तापक्रम यो वर्षकै कम हो । यहाँको अधिकतम तापक्रम पनि २० डिग्री रहेको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ४ डिग्री रहँदा अधितम तापक्रम १५.४ डिग्री मात्र छ।



धनगढीको तापक्रम ८.३ डिग्रीमा झरेको छ, त्यहाँ अधिकतम तापक्रम २४ डिग्री छ। नेपालगन्जको न्यूनतम तापक्रम ९, विराटनगरको ५.९, पोखराको ८ र विराटनगरको ९.५ डिग्री रहेको छ।

सम्बन्धित समाचार