ओमिक्रोन विश्वका अधिकांश मुलुकमा पुगिसक्योः डुब्लुएचओ

विश्व स्वास्थ्य संगठनले विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पहिले नै पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । धेरैपटक म्युटेसन भएर बनेको ओमिक्रोन भाइरसबाट संक्रमित हुने मुलुकको संख्या ७७ पुगेको डब्लुएचओले पुष्टि गरेको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस आधानोम गेब्रेएससले ओमिक्रोन सम्भवत पहिले नै अरू धेरै देशमा पुगिसकेको बताए । जुन हाल तीब्र रुपमा फैलिरहेको छ ।



ओमिक्रोनलाई नजर अन्दाज गरिन्छ भन्नेमा आफू चिन्तित रहेको बताउँदै उच्च सर्तकता अपनाउन डब्लुएचओ प्रमुख टेड्रोसको आग्रह छ । ओमिक्रोन पहिलोपटक गत नोभेम्बर मा दक्षिण अफ्रिकामा फेला परेको थियो । त्यसपछि लगातार रुपमा विभिन्न देशमा फैलिने क्रम जारी छ ।

सम्बन्धित समाचार