देउवा विजयी भएपछि माधव नेपालले गरे यस्तो ट्विट

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् ।

आज(बुधबार) एक ट्विट गर्दै नेपालले देउवालाई बधाई दिएका हुन् । त्यस्तै अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । दोस्रो चरणमा मंगलबार भएको मतदानमा सभापति पदका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई ८७८ मत अन्तरले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिमा विजयी भएका हुन् ।



माधवले ट्विटरमा लेखेका छन्, ‘दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीलाई बधाई तथा शुभकामना व्यक्त गर्दछु ।’

माधव नेपालको ट्विट :

माधव नेपालको ट्विट :

सम्बन्धित समाचार