नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नेपाली कांग्रेसको नव निर्वाचित सभापति शेर बहादर देउवालाई नेकपा माओवादी केन्द्रका अधय्क्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।
आज (बुधबार) बिहान फोन गरेर प्रचण्डले देउवालाई बधाई दिएका हुन् । दोस्रो चरणमा मंगलबार भएको मतदानमा सभापति पदका अर्का उम्मेदवार डा. शेखर कोइरालालाई ८७८ मत अन्तरले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिमा विजयी भएका हुन् ।
कांग्रेस सभापतिका उम्मेदवारले पहिलो चारणमा बहुमत नल्याएकापछि दोस्रो चरणमा चुनाव भएको थियो । प्रचण्डले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् ।

