नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ९९४ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार २१२ जनाको पीसीआर परीक्षण गर्दा २५२ जना र दुई हजार ७८२ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५६५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३०० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ७ हजार ८१६ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ । जसमा ५ हजार ३५३ जना होम आइसोलेसनमा छन् भने २८२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ११२ संक्रमित आईसीयूमा र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २५ हजार १६ र एन्टिजेन विधिबाट ९५ हजार ८७३ जना पुगेको छ ।