नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता लिएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा गरिएको मतगणनामा पहिलो पटक सार्वजनिक मतपरिणाम अनुसार धनराज गुरुङले १३१, पूर्णबहादुर खड्काले १२८, विजयकुमार गच्छदारले १२२, चन्द्र भण्डारीले ९५ मत पाएका छन् ।
त्यस्तै सुजाता कोइरालाले ३६, महेश आचार्यले २५ र दिव्येश्वरी शाहले ६ मत पाएका छन् । बुधबार साँझबाट पार्टी कार्यालय सानेपामा ३ ठाउँमा मतगणना गरिएको छ ।
महामन्त्रीको मतगणना पनि आजै हुने निर्वाचन समितिले जनाएको छ ।

