उपसभापति मतगणना अपडेटः १२०० मत गन्दा गुरुङको अग्रता, कस्ले कति मत पायो ?

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा धनराज गुरुङ र पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् । १२०० मत गन्दा धनराज गुरुङले ५०२ र पूर्णबहादुर खड्काले ४९० मत पाएका छन् ।

त्यस्तै विजयकुमार गच्छदारले ४८५ र चन्द्र भण्डारीले ४५० मत पाएका छन् । कांग्रेसका दुई जना उपसभापति निर्वाचित हुन्छन् ।



कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मतगणना जारी छ। महामन्त्रीको मतगणना पनि आजै हुने निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार